काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार आज बेलायती पाउण्डको मूल्य एक रुपैयाँले घटेको हो ।

आज पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ३१ पैसा र बिक्री दर १६२ रुपैयाँ ०४पैसा रहेको छ ।

बुधबार पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ०५ पैसा र बिक्री दर १६२ रुपैयाँ ७८ पैसामा कारोबार भएको थियो ।

यस्तै,अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९७ पैसा र बिक्री दर १३३ रुपैयाँ  ५७ पैसा रहेको छ ।

आज युरो एकको खरिद दर १४० रुपैयाँ १७ पैसा र बिक्री दर १४० रुपैयाँ ८० पैसा रहेको छ । बुधबारको तुलनामा युरोको भाउ घटेको हो ।

बुधबार युरो एकको खरिद दर १४१ रुपैयाँ ७२ पैसा र बिक्री दर १४२ रुपैयाँ ३६ पैसामा कारोबार भएको थियो ।

यस्तै,कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा तथा अस्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ३१ पैसा र बिक्री दर ८४ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।