एजेन्सी – वारिस पञ्जाब दे संगठनका प्रमुख तथा खालिस्तान समर्थक अमृतपाल सिंहलाई पञ्जाब प्रहरीले पक्राउ गरेको छ ।

मार्च १८ देखि फरार रहेका अमृतपाललाई मोगाको रोडे गाउँको गुरु द्वाराबाट पक्राउ गरिएको पञ्जाब प्रहरीलाई उद्धत गर्दै भारतीय सञ्चार माध्यम दैनिक भास्करले जनाएको छ ।

अमृतपाललाई भटिण्डाबाट हवाई मार्ग हुदैँ असमको डिब्रुगढ जेल लगिने बताइएको छ । ३६ दिन देखि फरार अमृतपाल विरुद्ध एनएसए अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

अमृतपालले आफ्ना एक समर्थकको रिहाइका लागि फेब्रुअरी २३ मा पञ्जाबको अजनाला प्रहरी चौकीमा आक्रमण गरेका थिए । घटनापछि प्रहरीले उनलाई खोजिरहेको थियो ।

यसअघि उनी नेपालमा पनि आएको आशंका गरिएको थियो।