काठमाडौँ – नेपाली कलाकारिता क्षेत्रको बहु प्रतिभा शाली लोकप्रिय गायक अमृत खाती र रेनुका खतिवडाको आवाजमा नयाँ लोक कोसेली ‘मनमा तिमि’ भर्खरै मात्र सार्वजनिक भएको छ ।

नारायण दंगालको संगित र संगित संयोजन रहेको उक्त गीत मा शब्द गायिका खतिवडाले लेख्नु भएको छ । मिलन फिल्मस्मार्फत डिजिटल बजारमा सार्वजनिक उक्त गीतको म्युजिक भिडियोको निर्देशक मिलन श्रेष्ठ हुन् भने, अभिनर्य बिक्रम जंग शाह, जुना कार्की र अनु पराजुली रहेको छ ।

सन्तोष तिमल्सिनाको छायांकनमा तयार भएको उक्त म्युजिक भिडियोको सम्पादन रोशन धितालले गरेका हुन् । मिलन फिल्मस्को अफिसियल च्यानलबाट सार्वजनिक गरिएको गितमा सरल शब्द र काठे शैलीको संगित समिश्रण भित्र संगितप्रेमीहरुले भरपुर मनोरञ्जन लिन सक्नेछन् ।