काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ ।

जस अनुसार,अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ६५ पैसा र बिक्री दर १३१ रुपैयाँ २५ पैसा रहेको छ।

यस्तै,युरो एकको खरिद दर १४४ रुपैयाँ ३४ पैसा र बिक्री दर १४५ रुपैयाँ ०१ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ९९ पैसा र बिक्री दर १६३ रुपैयाँ ७३ पैसा रहेको छ।

हिजोको तुलनामा आज युरोको बिक्री दर एक रुपैयाँले बढ्दा बेलायती पाउण्डको पनि खरिद दरमा एक रुपैयाँले बढेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८३ पैसा र बिक्री दर ३५ रुपैयाँ ९९ पैसा तथा साउदी अरवियन रियाल ३४ रुपैयाँ ८३ पैसा रबिक्री दर ३४ रुपैयाँ,९९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।