काठमाडौं – आज असार शुक्ल पूर्णिमा अर्थात गुरू पूर्णिमा हो । व्यास जयन्तीका रुपमा पनि मनाइने आजको दिनमा गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान तथा आदरभाव प्रकट गर्दै गुरू पूर्णिमा मनाइने गरिन्छ ।

वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिइन्छ । संस्कृतमा ‘गरू’ को अर्थ अन्धकार र ‘रू’ को अर्थ प्रकाश हुन्छ । अन्धकारबाट उज्यालोतर्फ बाटो देखाउने सबै गुरूजनप्रति श्रद्धा प्रकट गर्दै आजको दिन गुरू जयन्ती मनाउन थालिएको हो ।

वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दू संस्कृतिलाई ठूलो योगदान दिएको मानिन्छ । गुरूले दिने ज्ञान र त्यसको मानव जीवनसंग गाँसिएको सम्बन्ध एकदमै गहिरो रहिआएको छ । सनातन धर्मावलम्बि र बौद्धधर्मावलम्बिहरुले आजको दिनलाई आफ्नो धर्म तथा पारम्परीक सांस्कृतिक ज्ञानको बाटो देखाउने गुरुप्रति आभार व्यक्त गर्ने विशेष दिनका रुपमा लिनेगर्छन् ।

विद्यालय शिक्षा लिंदै गरेका बालबालिकाहरूले आजका दिनलाई ‘टिचर डे’का रुपमा पनि मनाउने गरेका छन् । विद्याथीहरूले आफ्ना गुरू वर्गको सम्मानमा विभिन्न उपहार दिने प्रचलन पनि छ ।