काठमाडौं – वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो बिहीबार जावालाखेलमा देखाइने भएको छ ।

भोटो जात्रा काठमाडौं बासिले सदियौ बाट मनाउँदै आएका छन् । यसलाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको हो ।

ईस्वी संवत ६४० देखि ८८३ सम्म ललितपुरमा शाषन गरेका राजा नरेन्द्र देवको पालादेखि यस जात्रा मनाईने गरेको इतिहास रहेको पाइन्छ । ललितपुरको पुल्चोकमा ६० फुट आग्लो रथको निर्माण कार्य सुरु गरेसंगै रातो मछेन्द्र नाथको जात्रा सुरु हुन्छ । रथ बनाईसकेपछि बुंगःद्यःको मन्दिरबाट मूर्ति ल्याई रथमा राखिन्छ । सो कार्यपछि साइत अनुसार भक्तजनले पुल्चोकबाट रथ तान्न सुरु गरेर गाबाहल,मंगलबजार,सुन्धारा चक्रबाहल लगनखेल हुँदै पुनः जावलाखेलमा लगेर राख्छन् र शुभ साइत हेरेर भोटो जात्राको मिति तय गरिन्छ ।

आज यो जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । पछिल्लो समय राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ । यो जात्रा हेर्न आज राष्ट्रपति रामचन्द्र पौडेल जानेछन् ।

परम्परमगत रुपमा नेपाली ऐतिहासिक भोटो देखाइएपछि मात्र यो जात्रा सकिन्छ ।
भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको जनविश्वास रहिआएको छ ।