बारा – बारामा एक सय पाँच वर्षीया फुलमति देवी यादवले कल्याणपुरमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेकी छिन् ।

आइतवार, देवताल गाउँपालिका वडा नम्बर २ गमहारीया बस्ने उनले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान गरेकी हुन् ।

फुलमती देवीलाई उनका नातीले सिँचाई केन्द्रको कार्यालय कल्याणपुरमा रहेको ‘द’ मतदान केन्द्रमा पुर्‍याएका थिए ।

निर्वाचन पश्चात् स्वास्थ्य अवस्थाको कारण देखाउँदै उनिलाई घर लगिएको थियो ।