काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मृगौला डायलाईसिस सेवा सुरु भएको बताएका छन् ।

शुक्रबार समाजिक सञ्जाल मार्फत उनले विहीबार देखी नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मृगौला डायलाईसिस सेवा सुरु भएको जानकारि दिएका हुन् ।

उनले लेखेका छन्,‘आज मिति २०८० भाद्र १४ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मृगौला डायलाईसिस सेवा शुभारम्भ, तालिम सिमुलेसन सामग्री हस्तान्तरण तथा प्रतिष्ठानको निरीक्षण कार्य सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा आमन्त्रण गरि डायलाईसिस सेवा शुभारम्भ गरेकोमा प्रतिष्ठान सिङ्गो परिवारलाई धन्यवाद दिन चाहन्छु । साथै, उक्त कार्यक्रममा प्रस्थान गर्ने क्रममा भेरी अस्पतालको निरीक्षण गरेको छु । भेरी अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निरीक्षणका क्रममा देखिएका सबल पक्षहरुको प्रशंसा सहित सुधार गर्नुपर्ने पक्षहरुमा आवश्यक सुझाव दिएको छु । ’