काठमाडौँ – अब नेपालमै बनेका सवारी दर्ता गर्न सकिने भएको छ ।

यातायात व्यवस्था विभागले कार्यविधि संशोधन गरी अब नेपालमै बनेका सवारी साधन दर्ता गर्न सकिने व्यवस्था गरेको हो ।

यातायात व्यवस्था विभागले सूचना प्रकाशित गर्दै व्यवस्थापन कार्यविधि निर्देशिका २०६० को बुँदा नम्बर ११.१ अन्तर्गत नयाँ बुँदा थप गरेको जानकारी गराएको छ।

संशोधन कार्यविधिको बुँदा १ मा ‘निर्देशिकामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि विदेशबाट पार्टपुर्जा पैठारी गरी नेपालमा जडान हुने वा नेपालमा नै उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता लिलाम दर्ता, पुनः दर्ता र नाम सारी लगायतका प्रयोजनका लागि त्यस्तो सवारीको भन्सार प्रज्ञापनपत्र आवश्यक पर्ने छैन’, भन्ने उल्लेख छ।

दोस्रो बुँदामा नेपालमा उत्पादन हुने सवारीको नयाँ दर्ताका लागि जडान कर्ता वा उत्पादक कम्पनीले भन्सार प्रज्ञापनत्रको सट्टा मूल्य अभिवृद्धि कर बीजक र प्रचलित कानुन बमोजिम अन्तःशुल्क सम्बन्धी प्रावधान आकर्षित हुने सवारीको हकमा शुल्क निकासी फारम समेत पेश गर्नुप र्ने व्यवस्था गरिएको छ ।