काठमाडौं -आज प्रतिनिधिसभाको बैठक बस्दैछ ।

बैठक बिहीबार दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको हो ।

बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।