काठमाडौँ – २५६७ औं बुद्ध जयन्ती आज देशभर श्रद्धा भक्ति पूवर्क मनाइदै छ । बुद्ध जन्म स्थल लुम्बिनीमा विहानै देखि विशेष कार्यक्रम भइ रहेको छ ।

सरकारको तर्फबाट मनाइने बुद्ध जयन्ती कार्यक्रमलाई लुम्बिनीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका छन् ।

२५६७ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसका अवसरमा शुक्रबार लुम्बिनीमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले लुम्बिनीको विकासका लागि सरकारले अब ठोस योजनाका साथ अघि बढाउने बताए ।

काठमाडौँको बौद्ध, स्वयम्भू , चाबहिल सहित देशभरका बौद्ध गुम्बाहरुमा २५६७ औं बुद्ध जयन्ती श्रद्धा भक्ति पूर्वक मनाइदै छ ।

भगवान गौतम बुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको आजको दिनलाई त्रिसंयोग दिवसका रुपमापनि मनाउने गरिदै आएको छ ।