अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीमाथि फेरि एक पटक निशाना साँधेका छन् । उनले पेलोसीलाई अराजकतावादी महिलाको रूपमा ब्याख्या गरेर भने, पेलोसीले जस्तोसुकै काम गरेपनि त्यो खराब हुँदै जान्छ ।
डलासमा कन्जर्भेटिभ पोलिटिकल एक्सन कन्फरेन्समा बोल्दै डोनाल्ड ट्रम्पले भने,‘हामीले विश्वव्यापीताको बन्धनलाई तोड्नुपर्छ फ्याँक्नुपर्छ । पेलोसी ताइवानमा के गर्दै थिइन ? उसले छुने सबै कुरा परिवर्तन हुन्छ, म भन्न चाहन्न… महिलाहरूले अराजकता ल्याउँछन् र अहिले चीनमा के भइरहेको छ, चीन र ताइवानमा के भइरहेको छ ?’
उनकै कारण ताइवान र चीनबीच तनाव बढेको आरोप ट्रम्पले न्यान्सीमाथि लगाएका छन् । चीनको विरोधका बाबजुद न्यान्सी पेलोसी ताइवानको यात्रा गरिन् । यसपछि आक्रोशित चीनले ताइवानलाई चारैतिरबाट घेरेर सैन्य अभ्यास सुरु गरेको थियो । चीनले ताइवानमाथि कम्तीमा ११ वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ, जुन आफ्नो हवाई क्षेत्र हुँदै दक्षिण चीन सागरमा खसेको छ ।
ट्रम्पले यसअघि नै न्यान्सी पेलोसीलाई पनि उनको ताइवान भ्रमण पागलपन भन्दै निशाना बनाएका थिए । ट्रम्पले आफ्नो सोसल मिडिया साइट ट्रुथ सोसलमा भने, ‘यो पागल न्यान्सी पेलोसी ताइवानमा के गरिरहेकी छिन् ? उनले सधैं कठिनाइहरू सिर्जना गर्दछ । राम्ररी केही गर्न सकिनन् । उनीबाट महाभियोग लगाउने दुई पटक प्रयास पनि सफल भएन।
न्यान्सी पेलोसी राष्ट्रपति हुँदा, डोनाल्ड ट्रम्प विरुद्ध दुई पटक महाभियोग प्रस्ताव पेश गरियो, तर दुवै प्रयास असफल साबित भयो। न्यान्सी पेलोसीलाई ट्रम्पको सबैभन्दा कटु आलोचक मानिन्छ ।