अफगानिस्तानमा कार्यरत अस्ट्रेलियाली महिला पत्रकारले तालिवानले उनलाई हिरासतमा लिएको बताएकी छन् ।
पत्रकार लिन ओडोनेलले समाजिक संञ्जाल ट्वीटर मार्फत हिरासतमा राखेर गाली गरी जेल हाल्ने धम्की दिइएको र तालिबानले उनिहरुको बारेमा लेखेका लेख झूटा भएको भन्दै ट्वीट डिलिट गर्न बाध्य पारेको आरोप लगाएकी हुन् ।
ओडोनेलले ट्वीटरमा लेखेकी छिन्, तालिबान इन्टेलिजेन्सले माफी माग्न ट्वीट गर्दै नत्र जेल जानुपर्ने बताएको छ । साथै, उनले ट्विट सम्पादन गर्न, डिलिट गर्न धेरै पटक जबरजस्ती गरे । जबरजस्ती नगरेको भन्दै भिडियो बनाए ।
लिन ओडोनेलले लामो समय अफगानिस्तानलाई कभर गरेका छन् । त्यसयता उनले अफगानिस्तान छाडेका छन् ।
तालिबानले उनीहरुलाई गिरफ्तार गरेको पुष्टि गरेको छ र उनीहरुले झुटो रिपोर्ट गरेको बताएको छ ।