काठमाडौं । ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्म ‘झिंगेदाउ’ को गीत ललितपुरस्थित श्रीकालीचौरमा छायांकन भएको छ । ‘ए माया तिमीबिना जीवन चल्दैन’ बोलको गीतसँगै फिल्मको छायांकन सकिएको छ ।


गीतमा फिल्मका मुख्य कलाकार मुकुन भुसाल, केकी अधिकारी, आँचल शर्मा र कुशल विष्ट रहेका छन् । उक्त गीतको नृत्य निर्देशन रामजी लामिछानेले गरेका हुन् । भीमनिधि तिवारीको छोटो कथामा आधारित पटकथा प्रदीप भारद्वाजले लेखेका हुन् भने उक्त फिल्मको छायांकन विष्णु कल्पितले गरेका छन् ।