काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलस्रोतको एकीकृत व्यवस्थापन र बहुपक्षीय उपयोग गरेर आर्थिक लाभ लिनुपर्ने बताएकी छन् ।उनले “प्राकृतिक स्रोत देशको आर्थिक तथा सामाजिक विकासको मुख्य आधार हो, त्यसैले स्रोतको सही सदुपयोगमा सरोकार निकायले ध्यान दिनुपर्ने बताएकी छन् ।

जलस्रोत तथा सिँचाइ विभागलगायत जलस्रोत क्षेत्रका विभिन्न अनुसन्धान संस्थाद्वारा आज आयोजित कार्यक्रममा मन्त्री भुसालले खाद्य सुरक्षा, ऊर्जा विकास तथा पारिस्थितिक प्रणालीको निरन्तरताका लागि जलस्रोतको महत्वपूर्ण भूमिका हुने विषयलाई कसैले पनि भुल्न नहुने समेत बताईन।

जैविक विविधता तथा जीविकोपार्जनलगायत विभिन्न क्षेत्रमा विश्वव्यापी जलवायु परिवर्तनको प्रभाव पर्दै गएको बताउँदै मन्त्री भुसालले खानेपानी, सिँचाइ र विद्युत् उत्पादनका लागि पनि सुक्खा याममा पानीको अभाव हुने गरेको उल्लेख गरेकी छन् ।