काठमाडौं । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाको युवक संगठनले, आत्मदाह गरेका प्रेम आचार्यले उठाएका सवाल सम्बोधन गर्न मागगर्दै माइतीघरमा धर्ना दिएको छ । सो समुहले शुक्रबार माइतीघर मण्डलामा, आचार्यले आफ्नो लागि नभई देश र राष्ट्रका लागि आत्मदाह गरेको भन्दै, उनको पिडा सम्पुर्ण नेपालीको पिडा भएकोले उनले उठाएका सवालको सम्बोधनका लागि ध्यानाकर्षण गराएको छ ।

अहिले हजारौं नेपाली बाच्नै नसक्ने अवस्थामा पुगेको भन्दै, राष्ट्रिय शक्ति नेपालका केन्द्रिय अभियान्ता, विराज विष्टले प्रेम प्रसाद आचार्यको आत्मदाहप्रति राष्ट्र गम्भिर नभएको आरोप लगाए । आचार्यको आत्मदाहपछि पनि नेपालीहरु गम्भिर नभएको भन्दै उनले साझा सवालमा दलको पछि नलागि राष्ट्रिय हितमा एकजुट हुन आह्वान गरे ।

मोर्चाले, सो कार्यक्रममा संघियता, धर्मनिरपेक्षताको विरोधमा समेत प्लेकार्ड प्रस्तुत गरेको थियो ।