काठमाडौं । अभिनेता राज घिमिरे नेकपा माओवादी केन्द्रको तर्फबाट ललितपुरको गोदवारी नगरपालिका ३ को वडाध्यक्षमा विजयी भएका छन् ।

अघिल्लो स्थानीय चुनावमा पनि उम्मेदवार रहेका घिमिरे यस पटक १०५९ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका राम आचार्यले १०४९ मत प्राप्त गरेका थिए ।

चुनावअघि सामाजिक संजालमार्फत उनले यदि आफूले वडाध्यक्ष जितेमा अध्यक्षतको हैसियतमा पाउने कुनैपनि सुविधा नलिने बताएका थिए । उनी पर्यटन तथा होटल व्यवसायमा पनि सक्रिय रहदै आएका छन् ।