श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले ५ सातापछि श्रीलंकामा पुन संकटकाल घोषणा गरेका छन्।

सरकारविरोधी प्रदर्शनहरू चर्किरहेका बेला राजापाक्षेले संकटकालको घोषणा गरेका हुन्। सार्वजनिक व्यवस्था सुनिश्चित गर्न राष्ट्रपतिले कडा कानुनको आह्वान गरेका हुन् ।

देशको आर्थिक संकटलाई लिएर शुक्रबार विभिन्न ट्रेड युनियनले राष्ट्रपतिको राजीनामा माग गर्दै देशव्यापी हड्ताल गरेका थिए।

स्वतन्त्रतापछि श्रीलंका सबैभन्दा ठूदो आर्थिक संकटबाट गुज्रिरहेको छ । श्रीलंकामा पछिल्लो समय खाद्यान्न र इन्धनको चरम अभाव भएको छ । त्यस्तै दैनिक उपभोग्य वस्तुको भाउ अकासिएको छ ।

लामो लोडसेडिङ, खाद्यान्न, इन्धन र औषधिको तीब्र अभावले २ करोड २० लाख जनसंख्या भएको श्रीलंकामा व्यापक पीडा निम्त्याएको छ।